INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली प्रहारबाट एक जना घाइते

बराहक्षेत्र नगरपालिका-३ का ५५ वर्षीय रामप्रसाद लिम्बू प्रहरीको गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ।

लागुऔषध कारोबारको आशंकामा प्रहरीले ०८२ जेठ १० गते नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली प्रहारबाट लिम्बू घाइते भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी सुमन तिमिल्सिनाले बताउनु भयो।

बराहक्षेत्र नगरपालिका-३ कालिन्द्र सामुदायिक वन क्षेत्रमा लागुऔषधको कारोबार भई रहेको सूचनाका आधारमा प्रहरीले लागुऔषध  कारोबारीलाई नियन्त्रण लिने क्रममा गोली प्रहार गरेको एसपी तिमिल्सिनाले बताउनु भयो।

प्रहरीको गोली प्रहारबाट तीघ्रामा चोट लागेका लिम्बूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपामा उपचार भइरहेको छ।

प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको र अरू दुई जना लागुऔषध कारोबारी भागेको प्रहरीले जनाएको छ।

अन्य

भिडियो