INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितद्वारा प्रहरीमा आत्मसमर्पण

मन्थली नगरपालिका-१२ गेलुकी २८ वर्षीया पवित्रा बुढाथोकीको ०८२ जेठ ९ गते ससुरा ६१ वर्षीय मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

बुहारीको हत्या गरेपछि बुढाथोकीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।  जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार बुढाथोकीले प्रहरी चौकी खिम्तिमा आत्मासमर्पण गरेका हुन् ।

पवित्राका पतिले ०८१ साउनमा आत्महत्या गरेका थिए । त्यसपछि पवित्रा मन्थली नगरपालिका–११ गेलु स्थित माइतमा बस्दै आएकी थिइन् ।  उनको ९ वर्षका छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका छन् । तर पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन् ।

मटकबहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो । शवको मन्थली नगर अस्पतालमा जेठ १० गते पोष्टमार्टम गरिएको छ ।

अन्य

भिडियो