डिभिजन बन कार्यालय, कञ्चनपुरका अधिकृत रामविचारी ठाकुरलार्ई ०८२ जेठ ८ गते अपरिचित युवाहरुको समूह कार्यालय परिसर भित्रै प्रवेश गरेर मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
कम्युनिष्ठ यूवा संगठन नेपाल नामक फेसबुक पेजमा डिएफओ विचारी ठाकुरलाई भष्टाचार गर्छस, दलाली गर्छस् भन्दै मोसो दलेको भिडियो भाइरल भएको छ ।
कार्यालयमा सेवाग्राहीका रुपमा आउनुभएका तीन जना अपरिचित युवाहरुले तीन वर्ष बितिसक्दा पनि काम किन नभएको भन्दै मोसो दलेर दुर्व्यवहार गरेको उक्त भिडियोमा पीडितको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी खड्कबहादुर खत्रीले घटना कस्ले ? के ? कति ? कारणले गरिएको हो भनेर अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्य भइरहेको बताउनु भयो ।