प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन-२०७४ अन्तर्गत दोस्रो चरणमा मङ्सिर २१ गते सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेको इन्सेकले निर्वाचन आयोगमा आजै प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले आयोगका उपसचिव एवम् सहप्रवक्ता मुकुन्द शर्मामार्फत आयोगमा उक्त प्रतिवेदन पेश गरेका हुन्
निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल र निर्वाचन आयोगले कुनै कसर बाँकी नरहेको बताइरहँदा आचारसंहिताको व्यापक उल्लङ्घन, एक अर्काप्रति आरोप-प्रत्यारोप तथा बेलगाम निर्वाचन खर्चजस्ता विषय सतहमा आएको निर्देशकले बताए ।
प्रतिवेदन पूरै पढेपछि सहप्रवक्ता शर्माले प्राप्त सुझावलाई ग्रहण गरिने र यथोचित सम्बोधनको प्रयास गरिने प्रतिक्रिया दिए ।