INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उमनपा–१७ का ७५ वर्षीय गिरीराज बुढाथोकीलाई प्रहरीले ०८२ जेठ ४ गते गिरफ्तार गरेको छ ।

गोठाला गएकी बालिकालाई आरोपितले जेठ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ३ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।

अन्य

भिडियो