INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले गुलरिया नगरपालिका-११ का ३३ वर्षीय नुरुल हसन गद्दीलाई ३ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ जेठ १ गतेको इजालसले कसुर ठहर गर्दै तीन महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति ४ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले ०८१ फागुन ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिएको थियो । प्रहरीले आरोपितलाई फागुन ३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन ३ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो