१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा खैरहनी नगरपालिका–२ का ७१ वर्षीय चिरन्जिवी अर्याललाई दुई महिना कैद सजायको फैसला भएको छ ।
अर्याललाई जिल्ला अदालतका न्यायधीश रमेश ज्ञवालीको इजलासले वैशाख ३१ गते दुई महिना कैद, ७५ हजार रुपियाँ क्षतिपूर्ती र २० हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको हो ।
अदालतका श्रेष्तेदार विष्णु आचार्यका अनुसार पीडित पक्षले बालिका माथि ०८१ फागुन ३ गते यौन दुर्व्यवहार गरेको भन्दै अर्यालविरुद्ध फागुन ५ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए ।
अर्याल न्यायधीश रमेश ज्ञवालीको फागुन १३ गते इजलास आदेशले ४० हजार धरौटीमा रिहा भएका थिए ।