INSEC Online

📅 २०८३ जेष्ठ २२

बेचबिखन घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई नयाँ कपडा किनिदिने र धेरै पैसा दिन्छु भन्दै प्रलोभन देखाई भारतको  बिहार रक्सौलको एक होटलम लागि यौन जन्य कार्यामा लगाएको आरोपमा वीरगञ्ज महानगरपालिका-१६ नगवा टोलकी २० वर्षीया अलिया खातुनलाई वैशाख २७ गते प्रहरीले गिरफ्तार  गरेको छ ।

पीडित बालिकालाई वैशाख २७ गते आरोपित खातुनले भारतको रक्सौल तर्फ लग्दै गर्दा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएका प्रहरी टोलिलाई शङ्का लागेकोले सो बारे सत्य तथ्य बुझ्न सादा पोसाकका प्रहरी उनीहरूको पछि पछि जाँदा पीडित बालिकालाई रक्सौलको एक होटलमा त्यहाँ आउने ग्राहकहरूसँग यौन जन्य कार्यमा लगाउन खोजिएको पीडित बालिकाले प्रहरीले जानाएको छ ।

पीडित बालिकालाई नयाँ लुगा र धेरै पैसा दिने भनि प्रलोभनमा पारी रक्सौलको एक होटलमा लगि यौन जन्य कार्यमा लगाएको पीडित बालिकाले प्रहरीलाई जनाएको छ ।

पीडित बालिकाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा वैशाख २७ गते उजुरी  दिनु भयो । उक्त उजुरीको आधारमा आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरी वैशाख २८ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको डिएसपी किसोर लम्सालले जानकारी दिनुभयो ।

अन्य

भिडियो