हिमाल एकाडेमी तुलसीपुरका कम्प्युटर शिक्षक तथा प्लस टु सम्योजक तुलसीपुर उमनपा-६ का ३७ वर्षीय विशेष श्रेष्ठलाई खुडा प्रहार गरेको आरोपमा तुलसीपुर उमनपा-४ का १९ वर्षीय सुरेस सुनारलाइ प्रहरीले गिरफ्तार गरेको छ ।
विद्यालय परिसरमै कापी जाँच गरिरहेको बेला वैशाख १९ गते सुनारले शिक्षक माथि धारीलो हतियार खुडा प्रहार गरी भागेका थिए । प्रहरीले आरोपितलाइ वैशाख २० गते तुलसीपुरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिनुभयो ।
आरोपित सुनार हिमाल एकाडेमी तुलसिपुरमा कक्षा १२ मा अध्यनरत विद्यार्थी हुन । ०८१ फागुन ३० गते होलीको दिन रङ लगाएको भन्दै शिक्षक श्रेष्ठले विद्यालयमा सुनारलाई तीन झापड हानेकोले बदलामा खुडा हानेको बताएको इन्स्पेक्टर रानाले बताउनु भयो ।
खुडा प्रहारबाट श्रेष्ठको काध, दुवै हातका पाखुरामा चोट लागेको र राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा वैशाख १९ गते उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।