४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०८२ वैशाख २३ गते प्रहरीले ४१ वर्षीय पतिलाई गिरफ्तार गरेको छ ।
पीडितले आफूलाई ०८१ वैशाख १९ गते बलात्कार गरेको भनी आरोपित पतिविरुद्ध ०८१ जेठ १७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् । उजुरी पछि आरोपित फरार थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १७ गते धुलिखेल अस्पतालमा गरिएको थियो ।