INSEC Online

📅 २०८३ जेष्ठ २१

परीक्षा केन्द्रमा भुइँमा बसेर परीक्षा दिँदै विद्यार्थी

बारेकोट गाउँपालिका–२, बिरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालय, लिम्सामा परीक्षा दिने विद्यार्थी डेस्क बेञ्च नपुगेपछि भुइँमा बसेर परीक्षा दिएका छन् । वैशाख २१ गतेदेखि शुरु भएको कक्षा १२ को परीक्षा दिने ३ सय ४३ विद्यार्थीका लागि प्रयाप्त मात्रामा डेस्क बेन्च नहुँदा भुइँमा बसेर परीक्षा दिन थालेका हुन् ।

गुणस्तरीय शिक्षा दिन स्थापना गरेका विद्यालयमा स्थानीय सरकार, सरोकारवाला निकायको बेवास्थाका कारण समस्या भएको छ । बारेकोट गाउँपलिकाको प्रशासनिक केन्द्र नजिकको विद्यार्थी सङ्ख्या बढी हुने सो केन्द्रमा करिव ५० ओटा भन्दा बढी डेस्क बेञ्चको अभाव छ ।

स्थानीय सरकारले भौतिक पुर्वाधार निर्माण गरी आवश्यक सामाग्रीको व्यवस्थापन नगरेपछि विद्यार्थीलाई परीक्षा दिन अप्ठयारो भएको छ । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, स्थानीय सरकारले पहिले नै भौतिक पूर्वाधारको अवस्थाको अवलोकन नगरेका कारण विद्यार्थीले दुख पाएका छन् ।

कक्षा १२ को परिक्षा दिने छात्रा सुस्मा सिहले भौतिक संरचना अभाव भएपछि विद्यार्थीले भुइँमा बसेर परीक्षा दिनुपरेको बताउनु भयो । विद्यालय भवन प्रयाप्त भए पनि डेस्क बेञ्चको अभावका कारण समस्या भएको छ । अर्का परिक्षार्थी दिपक सिहले सरोकारवाला निकायको विद्यालयमा आवश्यक सामाग्रीको पूर्व तयारी नगरेपछि समस्या आएको हो ।

बारेकोट गाउँपालिका–४ का मालबहादुर सिहले बालविकासको कक्षा कोठामा परिक्षार्थीलाई राखेपछि समस्या आएको बताउनु भयो । सरोकारवाला निकायको गैरजिम्मेवारीका कारण परिक्षार्थीले भुइँमा बस्नु परेको बताउँदै तत्काल समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ । विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समितिले आवश्यक सामाग्रीको माग नगर्नु, स्थानीय सरकारले अनुगमन गरी परिपूर्ति नगरेपछि परीक्षा दिने विद्यार्थीले दुख पाउने गरेका छन् ।

अन्य

भिडियो