१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैडहवा गाउँपालिका–१, बनगाइका २१ वर्षीय ओम प्रकाश चौधरीलाई १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ वैशाख २३ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, थथ ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले ०८१ असोज ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ६ गते नै इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते गते भिम अस्पताल, भैरहवामा भएको थियो । प्रहरीले आरोपितलाई असोज ६ गते गिरफ्तार गरेको थियो ।