INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित ५७ वर्षीय ससुरालाई इलाका प्रहरी कार्यालय लहानले ०८२ वैशाख १९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बिगत एक वर्ष देखि बलात्कार गर्दै आएको र ०८१ माघ १७ गते पनि बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा ०८१ माघ २० गते उजुरी दिएको बताइन् ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा माघ १९ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कैलास राईले घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।

अन्य

भिडियो