पोखरा महानगरपालिका–१७ की ३७ वर्षीया देवी पराजुलीको वैशाख २३ गते हत्या आरोप लागेका पति ५७ वर्षीय ऋषिराम बरालले आत्महत्या गरेका छन् ।
घरायसी झगडा परेपछि बरालले पत्नि पराजुलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो – ‘दुई जना पत्नी हुनुहुँदो रहेछ । कान्छी पत्नीसँग बस्नुहुने रहेछ । घरायसी झगडा रहेछ । पत्नीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’
शवको पोष्टमार्टम वैशाख २३ गते गण्डकी मेडिकल कलेज अस्पतालमा भयो ।