INSEC Online

📅 २०८३ जेष्ठ २१

घरटहरा भत्काइदिएपछि खुलाआकाशमूनि बस्न बाध्य वादी समुदाय ! (फोटो फिचर)

भिमदत्त नगरपालिका–४ होटेल ओपेरा नजिक भीमदत्त नगरविकास समितिको जग्गामा वषौँदेखि बसोबास गदै आएका वादी समुदायका ४५ घरटहरा ०८१ चैत २१ गते भीमदत्त नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि ४५ घर वादी परिवार खुलाआकाशमूनि बस्न बाध्य छन् ।

आफूहरुको वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काइ विस्थापित गरिएको भन्दै एक महिनादेखि भिमदत्त नगरपालिकाको प्रवेशद्धारमा वादी समुदाय अनिश्चितकालिन धार्नामा बस्दै आएका भए पनि उनीहरुको माग सम्बोधन हुन सकेको छैन् ।

photo20250506kanchanpur (3)

बादी समुदायका नाममा जग्गाजमीन नहुँदा र रोजगारीको अवसर समेत नपाएका ४५ घर परिवार वादी समुदायको वैकल्पिक व्यवस्था नगरि घरटहरा भत्काइदिएपछि उनीहरुको दैनिकी थप कष्टकार र असुरक्षित बन्दै गएको छ ।

नागरिपालिकाले घरटहरा भत्ताइदिएपछि वैकल्पिक उपाय नभएका वादी समुदायका गर्भवती, सत्केरी र ज्येष्ठ नागरिकहरु नगरविकासकै जग्गा आसपास खुलाआकाशमूनि कष्टकर जिवन बाँच्न बाध्य छन् ।

बादी समुदाय वर्षौदेखि भीमदत्त नगरविकास समितिको जग्गामा घरटहरा बनाई बसोबास गर्दै आएका थिए । हाल नगरपालिकाले घरटहरा भत्काएपछि उनीहरु थप समस्यामा परेका छन् ।

photo20250506kanchanpur (13)

वादी संघर्ष समितिका अध्यक्ष बसन्ती वादीले पूर्व सूचना विनानै आफूहरुको घरटहरा भत्काइ विस्थापित गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो– ‘सरकारले हामी बसेको टहरा पूर्व सूचना विना भत्काई दियो । अहिले ४५ घरपरिवारको बिचल्लि भएको छ । १० वर्ष मूनिका २२ जना बालबालिका छन् । घरटहरा भत्काइदिएपछि टन्टलापुर घाममा खुलाआकाकशमूनि बस्न बाध्य छौँ । सरकारसँग हामीले यही जग्गा चाहियो भनेका छैनौँ । तर, हाम्रो गाँस, बाँसको गुजारा गर्नका लागि वैकल्पिक व्यवस्था गरी दिन माग गरेका छौँ । नगरपालिकाले वैकल्पिक व्यवस्था नगरीकनै टहरा भत्काएदेखि बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक आकाशमूनि बस्न बाध्य छौँ । वर्षौदेखि बस्दै आएको जमीनमा पार्क बनाउने भनेर हाम्रा घरटहरा भत्काएर जमीन खाली गराए । हामीसँग जमीन छैन् । अव कहाँ जाने ? के गर्ने ? समस्यामा छौँ ।’‘वादी समुदायको समस्या बारे बुझिदिने कोही छैनन् ।’

photo20250506kanchanpur (4)

नगरपालिकाले पार्क बनाउने भन्दै आफूहरुको घरटहरा भत्काइ दिएपछि साँझ परेपछि कता बस्ने ? के खाने ? भन्ने चिन्ताले पिरोल्ने गरेको र आफूहरु असुरक्षित रुपमा खुलाआकाशमा बस्न बाध्यभएको ७० वर्षीया दमरोगबाट पीडित मनिशा सुनारले दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो– ‘गिट्टी बालुवाबाट कमाएको पैसाले नुन, तेल, चामल, दाल, तरकारी र लत्ताकपडा किन्नेर विहानबेलुकाको जोह गर्दै आएका थिएउ । अहिले बस्ने बासनै नभएपछि बासको नै समस्या भएको छ ।’

सूचना नदिईकन नगरपालिकाले अचानक बस्तीमा डोजर चलाएपछि टहराभित्रका लत्ता कपडा, खाद्यान्न, भाँडाकँुडा, अतिआवश्यक कागजातहरु नागरिकता, जन्मदर्ता लगायतका सरसमान नष्ट भएको लालबहादुर वादीले दुखेसो पोख्नु भयो ।

photo20250506kanchanpur (5)

उहाँले भन्नुभयो– ‘घरटहरा भत्काइदिएपछि हाल खुल्ला आकाशमूनि बस्न बाध्य छौँ । खुला आकाशमूनि बसेको कारण लामखुट्टेदेखि विशालु सर्पहरुको पनि डर छ । बुढाबुढी, बिरामी, बालबालिकाहरु असुरक्षित छन् । होटलमा काम खोज्न जादाँ बादी भनेर काम नै दिदैनन् । कोठा भाँडामा दिदैनन् । हामीले कसरी बाँच्ने ? सरकारले हामीमाथि अन्याय गरेको छ । हाम्रो वैकल्पिक व्यवस्थापन तत्काल गरी दिन आग्रह छ ।’

नगरपाकिलाले बासविहिन बनाएपछि ६ महिनाको बाच्चालाई काँखमा च्यापेर खुलाआकाशमूनि बस्न बाध्येभएको सुत्केरी २५ वर्षीया पम्फा वादीले दुखेसो पोख्नुभयो ।

photo20250506kanchanpur (6)

उहाँले भन्नुभयो– ‘खुल्ला आकाशमूनि बास हुनाले जिउँज्यानको धेरै जोखिम छ । आफन्तकोमा जानलाई कोही छैनन् । एक छाँक टार्न नि सकस् छ । डोजर लगाएर घर भत्काएर बिचल्ली पारिएको छ । सरकारले हाम्रो ब्यवस्था गर्नुपर्छ । हामी पनि यसै देशका नागरिक हौँ । भोट दिएर हामीले पनि जिताएका हौँ । अहिले हामीलाई खान बस्न दिएका छैनन् । बालबालिका विद्यालय जान पाएका छैनन् । आधारभूत अधिकारबाट हामीलाई बञ्चित गरिएको छ । प्रयोगमा नआएका सरकारी भवनमा बस्नको लागि अल्पकालिन व्यवस्था गरिदिए राम्रो हुन्थ्यो ।’

परम्परागत पेशाका रुपमा गिट्टी कुट्ने र माछा मार्ने, वाद्यवाद्यनका सामाग्री बनाउने गरेको भए पनि अहिले सो काम पनि सहज नभएको पीडित पूजा वादीको भनाइ छ ।  देशमा नयाँ शासन व्यवस्था आए पनि अझै आत्मसम्मानसहित बाँच्न नपाएको र समाजमा पुनर्स्थापना गराउनुको सट्टा उल्टै थातथलो नै समाप्त पार्ने कार्यमा सरकारलागेको उनको आरोप छ ।

photo20250506kanchanpur (8)

उहाँले भन्नु भयो– ‘भूमिहीन र सुकुम्बासी वादी समुदायले आफूहरूको उचित गास, बासको व्यवस्था गर्नु पर्ने माग गर्दै एक महिनादेखि नगरपालिकामा धर्ना दिएका छन् । दूधे बालबालिका बोकेका महिलादेखि अशक्त र वृद्धवृद्धा समेत आफ्नो पेट भर्ने जमीन र ओत लाग्नका लागि घरको माग गर्दै खुलाचौरमै भोकै–प्यासै धर्नामा बसेका भए पनि सुनवाइ हुन नसेको छैन् ।’

भीमदत्त नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुशिलकुमार भट्टले सोे क्षेत्रमा पार्क बनाउन ठेक्का समेत भइसकेकोले वादी समुदायको बस्ती हटाइएको बताउनु भयो । सरकारी जग्गाभएकोले घरटहरा हटाउन एक वर्ष अगाडीदेखि नै सूचना प्रवाह गरिएको भए पनि अटेर गरेपछि बस्ती हटाउनु परेको उहाँको भनाइ छ ।

photo20250506kanchanpur (12)

भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखकले स्थानीय सरकारसँग स्रोत साधन नभएको र बसोबासको व्यवस्था गर्ने अधिकार पनि नभएकोले वादी समुदायको पुनर्स्थापना गर्न नसकिएको बताउनु भयो । हाल भूमी आयोगले तीनपुस्ते हेरेर विवरण संकलन सुरु गरेको र भूमिहिन वादी समुदायको गाँसबासको व्यवस्थापन भूमिआगोगले गर्ने उहाँले भनाइ छ ।

नेपालको संविधानमा हरेक नागरिकलाई आवासको हक हुने व्यवस्था गरिएको छ । प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक उल्लेख छ । धारा ४० मा दलितको हकको व्यवस्था गरिएको छ । तर, दलित समुदायभित्रको पनि पछाडि पारिएको वादी समुदायको आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको सुनिश्चितता हुन सकेको छैन् । उनीहरु घरबारविहिन हुनुपरेको छ ।

photo20250506kanchanpur (15)

 

photo20250506kanchanpur (1)

 

अन्य

भिडियो