गुलरिया नपा–८ थपुवामा मङ्सिर २० गते काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट निर्वाचित वडा सदस्य ३० वर्षीय जगतराम थारु घाइते भएका छन् ।
घरमै बसेका थारुलाई दिउँसो ३ बजे तिर सोही ठाउँका ४० वर्षीय कुष्णमुरारी थारुले माओवादी–एमाले किन भएको भन्दै कुटिपिट गरेको घाइतेका परिवारले बताए ।
घाइतेको जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको छ । पीडितले कुटपिटमा संलग्न आरोपित कृष्णमुरारीलाई कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । घाइते नेकपा माओवादी केन्द्रको तर्फबाट गुलरिया नगरपालिका–८ मा वडा सदस्यमा निर्वाचित भएका थिए ।