INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकको अधिकारलाई सुरक्षा गर्न सबै एकजुट हुनुपर्नेमा प्रदेश प्रमुख भट्टको जोड

गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले नागरिकको अधिकारलाई सुरक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । मानव अधिकारको सुरक्षा र संरक्षण गर्ने दायित्व राज्यको भएको उहाँले बताउनु भयो । मानव अधिकारले सानो सानो कुरालाई पनि हेर्ने हुनाले हरेक नागरिकले आ-आफ्नो क्षेत्रमा संवेदनशील भइ सचेत गराउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

उहाँले समाजमा घटेका घटनाहरूको बारेमा जागरुक बनाउन तीनै तहका सरकारलाई जिम्मेवारी बनाउन सके यसको न्यूनीकरण गर्न सहज हुने बताउनु भयो । आफू पनि इन्सेकले गरेको हरेक गतिविधिहरूमा गहभागि हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

Photo05052025Kaski2

मावन अधिकारको सवाल भनेको राज्यको दायित्व भएकोले यस क्षेत्रमा सबै नागरिक समाजसँग समन्वय गरी आगाडि बढ्न सके मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू न्यूनीकरण गर्न सहज हुनेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना इन्सेकले तीन दशकदेखि अभिलेख गर्दै आएको बताउनु भयो । उहाँले इन्सेकले अभिलेख गरेको कारण पीडितको न्यायका लागि पहुँच पुग्नेमा जोड दिनुभयो । इन्सेकले लामो समयदेखि गर्दै आएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखन प्रकृयालाई सरोकारवाला निकायको सुझावका आधारमा सुधार गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो ।

Photo05052025Kaski६

इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले गण्डकी प्रदेश अन्तर्गत हरेक जिल्लामा इन्सेकले जिल्ला प्रतिनिधिको परिचालन गरी हरेक वर्ष इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्ने गरेको बताउनु भयो । उहाँले इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमा आर्थिक र सामाजिक सवाललाई पछिल्लो समयमा उठान गर्दै आएको उल्लेख गर्नुभयो ।

Photo05052025Kaski३

नागरिक अग्रज विष्णुप्रसाद बरालले मानव अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि राज्यलाई जबाफदेही बनाउन मानव अधिकार उल्लङ्घनका घटनाहरू इन्सेकले अभिलेख गरेको बताउनु भयो । शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक बिना सिलवालले समाजमा महिला र बालबालिकामा हुने हिंसाले गर्दा उनीहरूको स्वास्थ्यमा निकै चुनौती भएको बताउनु भयो ।

Photo05052025Kaski22

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई ०८२ वैशाख २२ गते भेटघाट गरी गण्डकी प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्नुका साथै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ हस्तान्तरण समेत गर्नुभएको छ ।

Photo05052025Kaski२

Photo05052025Kaski४

Photo05052025Kaski५

Photo05052025Kaski१

अन्य

भिडियो