INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितविरुद्ध पीडितले ०८२ बैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।

पीडित बालिकालाई महोत्तरी जिल्ला बलवा नगरपालिका—६ स्थायी घरभई चौतारा सागाचोकगढी नगरपालिका—७ स्थित दिनेशराम्जी बहुप्राविधिक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय सतिशकुमार साहले ०८२ बैशाख ८ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

आरोपित फरार भएकाले खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका दिनेश तामाङले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण ०८२ वैशाख २० गते चौतारा अस्पतालमा गरियो ।

अन्य

भिडियो