भङ्गहा नगरपालिका-६ संग्रामपुरकी २५ वर्षीया किरण देवि मण्डलको हत्या गरेकाे आराेपमा पति ३० वर्षीय राम छबिला मण्डलविरुद्ध माइती पक्षले ०८२ वैशाख १८ गथे जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनु भयो ।
किरण देवि मण्डल ०८२ वैशाख १७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनायो । पीडित पक्षका अनुसार ०७८ माघ २२ गते छोरीको विवाह मण्डलसँग भएकोमा उनले छोरीलाई पटक पटक कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेका थिए ।
छोरीको शरीरभरी निलडाम देखिएको मृतकका बुबाले बताउनु भयो । आरोपितले छोरीको हत्या गरी आत्महत्या देखाउन झुन्ड्याएको हुन सक्ने भन्दै थप अनुसन्धानको माग गर्दै माइति पक्षले पोष्टमार्टम गर्न विरोध गरेको मृतको बुबाले बताउनु भयो ।
मृतकका बुबाले दिएको उजुरी लिँदै पोष्टमार्टम पश्चात थप अनुसन्धान गरी आरोपितलाई गिरफ्तार गर्ने भनी सहमति भएपछि शवको प्रादेशिक अस्पताल जलेश्वरमा वैशाख १८ गते पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका इन्स्पेक्टर बिशाल सिंहले जानकारी दिनु भयो ।