२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय अमित चौधरीलाई ०८२ वैशाख १८ गते गिरफ्तार गरेको छ ।
आरोपितले मादक पदार्थ सेवन गरी वैशाख १८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले ईलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिएको साडेपानीका भलमन्सा पालबहादुर चौधरीले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, सुख्डका इन्स्पेक्टर लोेकराज जोशीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिने तयारी भइरहेको इन्स्पेक्टर जोशीले बताउनु भयो ।