INSEC Online

📅 २०८३ जेष्ठ २१

रावाबेँसी गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा

रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

राष्ट्रिय खोप निर्देशिकामा उल्लेख भएका सूचक पूरा गरेपछि ०८२ वैशाख १७ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

६ ओटा वडा रहेको रावाबेँसीमा जन्मेदेखि १५ महिनासम्मका १ सय ४८ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५ सय २५ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा-रूबेला, पोलियो, जापानिज इन्सेफइटिसलगायतका १४ ओटा रोगविरूद्धको खोप निशुल्क उपलब्ध गराउँदै आएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ ।

दश ओटा स्थानीय तह रहेको जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने रावाबेँसी गाउँपालिका जिल्लाकै पहिलो भएको छ ।

photo 20250329 Khotang

अन्य

भिडियो