१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित परिवारले बरियारपट्टी गाउपालिका-१ का १९ वर्षीय सुरज साह र १९ वर्षीय बिबेक साहविरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा ०८२ वैशाख १५ गते उजुरी दिनुभएको छ ।
आरोपितहरूले बालिकालाई वैशाख १४ गते बलात्कार गरेको आरेपमा प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १५ गते भयो ।
आरोपितहरू फरार रहेकोले खाज तलास भैरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर रविनराज मैनालीले बताउनु भयो ।