INSEC Online

📅 २०८३ जेष्ठ २१

६ दिनदेखि अस्पतालको बहिरङ्ग सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या !

जिल्ला अस्पताल, सिमकोटमा बहिरङ्ग सेवा ६ दिनदेखि बन्द हुँदा बिरामी समस्यामा परेका छन् । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा बहिरङ्ग सेवा बन्द हुँदा बिरामी मर्कामा परेका हुन् ।

आवासीय चिकित्सकको आन्दोलनको माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले वैशाख १२ गतेदेखि उक्त सेवा बन्द गरेका हुन् । चिकित्सकको आन्दोलनका कारण बहिरङ्ग सेवामा आएका बिरामी उपचार नपाएर फिर्ता हुन बाध्ये भएका छन् ।

दैनिक दिन बिरामीहरू उपचारका लागि पुगे पनि बहिरङ्ग सेवा बन्द भएका कारण उनीहरू उपचार नगरी फिर्ता भएका हुन् । पेट देख्ने बिरामी लागेर जिल्ला अस्पतालको बहिरङ्ग सेवामा पुगकी कुण्डला भण्डारीले उक्त सेवा बन्द भएका कारण उपचार नपाएरै फर्कनु परेको बताउनु भयो । बहिरङ्ग सेवा बन्द भए पनि इमेर्जेन्सीमा बिरामीको चाप बढ्नुका साथै १५ शैयाको बेड भरिभराउ भएको देखिन्छ ।

जिल्ला अस्पतालमा बहिरङ्ग सेवा बन्द भएर उपचार नहुँदा उपचारका लागि पुगेका बिरामीले बजारमा रहेको निजी मेडिकलमा उपचार गर्नु परेको भण्डारीले गुनासो गर्नुभयो । उपचारका लागि अस्पताल पुगेका प्राय जसो महिलाहरूले ६ दिनदेखि उपचार नपाएको भन्दै अस्पतालका चिकित्ससँग गुनासो पोखेका थिए । सदरमुकामबासी मात्रै नभएर नजिकका गाउँघरबाट उपचारका लागि अस्पतालमा पुगेका विरामी समेत उपचार नपाइ फिर्ता हुने गरेका छन् ।

अस्पतालका डाक्टर मंगला बुढाले गम्भिर समस्या भएका बिरामीलाई आकस्मिक कक्षबाट उपचार गरिएको र बहिरङ्ग सेवा पूर्ण रूपमा बन्द भएको जानकारी दिनुभयो । आवासीय चिकित्सकलाई सरकारी आठौँ तहसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै आन्दोलन थालेपछि बिरामी मर्कामा परेका छन् ।

अन्य

भिडियो