INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका–६ २० वर्षीय शिव कुमार यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख १५ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले अन्तिम पटक वैशाख १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो