विष्णु गाउँपालिका-३ स्थित मधुवनगोठका ३६ वर्षीया रेनु देवी पासवानको हत्या गरेको आरोपमा निजका जेठाजु ४० वर्षीय साहेब पासवानलाई ०८२ वैशाख १४ गते प्रहरीले गिरफ्तर गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा आरोपित पासवानले वैशाख १४ गते बिहान भाइ बुहारीसँग खाना मागेको र सोही क्रममा विवाद हुँदा एक्कासी फर्सा प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनु भयो । आरोपित पासवानले फर्सा प्रहार गरी भाइ बुहारीको हत्या गरेको प्रहरी समक्ष ब्यान दिएको एसपी सिंहले जानकारी दिनु भयो ।
त्यसैगरी, आरोपितका पत्नी छोराछोरीसमेत वैशाख १३ गतेका भारत स्थित माइती घर गएको बुुझिएको र सोही दिनदेखि भोकै रहेका साहेबले वैशाख १४ गते बिहान भाइ बुहारीसँग खाना माँग्दा विवाद भएपछि उनीमाथि फर्सा प्रहार गरेको एसपी सिंहले बताउनु भयो ।
घटना लगत्तै आरोपित पासवानलाई प्रहरी चौकी मधुवनगोठले नियन्त्रणमा लिएकोमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याइएको एसपी सिंहले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि वैशाख १४ गते प्रादेशिक अस्पताल मलंगवा लगिएको एसपी सिंहले जानकारी दिनु भयो ।