INSEC Online

📅 २०८३ जेष्ठ २१

डोल्पाका दुई गाउँपालिका नेपाल कम्युनिष्ट पार्टीले ‘कब्जा’ गरेको दावी

सदरमुकाम दुनैदेखि दुई दिनको पैदल दुरीमा पर्ने तल्लो डोल्पाका जगदुल्ला र मुडकेचुला गाउँपालिकाको कार्यालयमा मङ्सिर १८ गते स्थानीय सरकारका साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीले आफ्नो साइनबोर्ड र झण्डा टाँसेको छ ।

Photo20171205Dolpa

‘दलाल पुँजिवादी र संसदीय राज्य व्यवस्था’को विरोध गरी दुई स्थानीय तह आफूहरूले कब्जामा लिई स्थानीय सरकारको साइनबोर्ड फ्याँक्नुका साथै जनसत्ताको साइनबोर्ड र झण्डा राखिएको नेपाल कम्युनिष्ट पार्टीका एरिया इञ्चार्ज अजित विष्टले जानकारी दिए ।

प्रहरीले मङ्सिर १९ गते साइनबोर्ड हटाएर गाउँलेसँग उक्त पार्टीको कार्यकर्ताले अनुसन्धान गर्न थालेपछि पुनः विगतको सशस्त्र द्वन्द्वको झझल्को आएको मुड्केचुला गाउँपालिकास्थित छाँचुका श्रीलाल बस्नेतले गुनासो गरे ।

Photo20171205Dolpa1

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिप्रसाद शर्माले गाउँपालिकामा स्थानीय सरकारको साइनबोर्ड र झण्डा तोडफोड गरिएको अवस्थामा कार्यालय नजिकको झाडीमा भेटिएको बताए ।

जनसत्ताको बाधक बन्न खोज्ने स्थानीय सरकारका कर्मचारी र कथित जनप्रतिनिधिलाई नछाडिने र जनसङ्घर्ष मार्फत जनकारबाही गरिने नेपाल कम्युनिष्ट पार्टीका एरिया इञ्चार्ज अजित विष्टले प्रतिकृया दिए ।

अन्य

भिडियो