३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा घोराही उपमहानगरपालिका–१६ का २८ वर्षीय मार्सल रोकालाई जिल्ला अदालतले सात वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको वैशाख १२ गतेको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना, ४० हजार रुपियाँ क्षतिपूर्ति र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
पीडित महिलालाई ०७९ चैत २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । महिलाको स्वास्थ्य परीक्षण जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएको थियो । प्रहरीले आरोपितलाई जेठ १७ गते गिरफ्तार गरेको थियो ।