१२ वर्षीया बालिकालाई बलत्कार गरेको कसूरमा गोदावरी नगपालिका–५ का ३५ वर्षीय खडक विकलाई ०८१ वैशाख ९ गते जन्मकैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी जन्मकैद सजायको फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार चेतराज पन्तले बताउनु भयो ।
पीडित बालिकालाई ०८० कात्तिक २९ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३० गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत, कैलालीको आदेशमा आरोपितलाई मङ्सिर २३ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०८१ कात्तिक ३० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।