सहिद नगर नगरपालिका-५ वासुदेवपट्टीमा ०८२ वैशाख ८ गते विष सेवनबाट एक छोरा र दुई छोरीको मृत्यु भएको छ । आमा गम्भीर अवस्थामा छिन् ।
मृत्यु हुनेमा ६ वर्षीय आदित्य साह, चार वर्षीया आकृति साह र दुई वर्षीया आरुसी साह रहेका छन् । गम्भीर अवस्थामा रहेकी आमा ३० वर्षीया पविता साहको उपचार जनकपुरधामस्थित राम जानकी हस्पिटलमा भइरहेको छ । त्यसैगरी, नौ महिनाको गर्भावस्थामा रहेकी साहको शल्यक्रिया गरी शिशुलाई सकुशल राख्न सफल भएको र पवितालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासन शाखाका प्रमुख मिथलेस शाहले जानकारी दिनुभयो ।
पारिवारिक विवादका कारण छोराछोरीलाई विष खुवाइ हत्या गरी आफूले पनि आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको आशङ्का रहेको भए तापनि यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर यादवले जानकारी दिनु भयो ।