घोडाघोडी नगरपालिका—५ देउकलियाका चार वर्षीय बालक प्रेम कडेललाई हसिया प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ४० वर्षीय बाजे अर्जुन कडेललाई ०८२ वैशाख ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई वैशाख ४ गते आँगनमा खेलिरहेको अवस्थमा मानसिक सन्तुलन ठिक नभएका बाजेले भुषा राख्ने गोठमा लगेर घाँटीमा हसिया प्रहार गरी हत्या प्रयास गरेपछि आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएको पीडत बालकका आफन्त पूर्णबहादुर बडुवालले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, सुखडका इन्स्पेक्टर दिर्घबहादुर साउदले बताउनु भयो ।
हसिया प्रहारबाट घाँटीमा घहिरो चोट लागि घाइते भएका बालकको धानगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।