INSEC Online

📅 २०८३ जेष्ठ २१

आश मार्दै बेपत्ता परिवार: द्वन्द्वकालमा बेपत्ता पारिएका अमरबहादुरको २३ वर्षपछि अन्तिम संस्कार ! (फोटो फिचर)

ठाकुरबाबा नगरपालिका-८, सुतैयाका सशस्त्र द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले ०५८ फागुन २४ गते गिरफ्तार गरी बेपत्ता बनाएका अमरबहादुर बुढाको अन्तिम दाहसंस्कार गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको परिवारले न्यायको आश मार्दै ०८२ वैशाख ३ गते २३ वर्षपछि हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

Photo18042025Bardiya।
अमरबहादुर बुढा

बर्दियामा पछिल्लो समय बेपत्ता परिवार धमाधम दाहसंस्कार गर्न थालेका छन् । शसस्त्र द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक नभएको भन्दै बेपत्ता परिवारले धमाधम दाहसंस्कार गर्न थालेका हुन् । सेनाले बेपत्ता पारेको बुढाको अवस्था अहिलेसम्म अज्ञात छ । बेपत्ता पारिएका अवस्था सार्वजनिक हुने आशामा रहेका परिवारले दुई दशक बितिसक्दा समेत बेपत्ताको अवस्था सार्वननिक नभएपछि दाहसंस्कार गरेका हुन् । नेपाली सेनामा जागिरमा रहँदा राजनीतिक आारोपका कारण जागिरबाट निकालिनु भएको थियो । त्यसपछि सामाजिक अभियानमा जोडिएर २०५४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित बुढालाई माओवादी भएको आंशमा नेपाली सेनाले लगेको थियो । फागुन २७ गते सेनाले लिएर गएको बुढाको हालसम्म पनि अवस्था सार्वजनिक हुन नसकेको पत्नी जमुना बुढाले बताउनु भयो ।

उहाँले पतिको मृत्युपछि एक छोरा र दुई छोरीलाई निकै सङ्घर्ष गरेर हुर्काएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘बेपत्ता परिवारको हैसियतले सरकारबाट केही राहत प्राप्त भएको छ । राहतले मात्र नपुग्ने रहेछ । सबैभन्दा पहिला बेपत्ता परिएका मेरो पतिको अवस्थाको बारेमा सत्यतथ्य सार्वजनिक हुनुपर्छ । शान्ति सम्झौता भएको १९ वर्ष हुँदा समेत बेपत्ताको अवस्था सार्वननिक नहुनु दुःखद हो । सबैभन्दा ठूला पीडा भनेको बेपताको अवस्था सार्वजनिक नहुनु हो । २०७३ सालमा बेपत्ता छानबिन आयोगमा उजुरी दिए पनि कुनै ठोस प्रगति भएको छैन ।’

पतिलाई सेनाले बेपत्ता पारेपछि घरको सम्पूर्ण जिम्मेवारी एक्लैले निवाह गर्दै आउनु भएको जमुना बुढाले तीन सन्तानलाई भने राम्रो शिक्षा दिनभयो । छोरीहरूको विवाह भएपछि छोरा समेत रोजगारीको लागि बाहिर हुँदा बुढा भने अहिले घरमा एक्लै बस्दै आउनु भएको छ । उहाँ अहिले भने सबै जिम्मेवारी छोडेर एक्लै घरमै बसिराख्नु भएको छ । परिवारको अवस्था निकै कठिन रहेको छ ।

उहाँ भन्नुहुन्छ – ‘पतिको प्रतिक्षा गर्दागर्दै २३ वर्ष बिते । सामाजिक, आर्थिक, कानुनी र संस्कारका कारण दाहसंस्कार गर्न अब बाध्य भइयो । अब मेरो चाहना तथा माग भनेको मेरो पतिको अवस्था सार्वजनिक गरी छोराछोरीको भविष्य सुरक्षित होस् भन्ने हो ।’

Photo18042025Bardiya

Photo18042025Bardiya1

Photo18042025Bardiya2

Photo18042025Bardiya3

Photo18042025Bardiya4

Photo18042025Bardiya5

Photo18042025Bardiya6

Photo18042025Bardiya7

अन्य

भिडियो