INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भर्ना अभियान सुरु: देशभरका शिक्षक आन्दोलनमा

नेपाल सरकारले “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।

नेपाल सरकारले विद्यार्थी भर्ना अभियान सुरु गरेको भएपनि नेपाल शिक्षक महासंघको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालयका कर्मचारीहरु अहिले विभिन्न माग राखि सङ्घीय राजधानी काठमाण्डौमा आन्दोलनरत छन् । जसका कारण नेपाल सरकारको राष्ट्रव्यापी विद्यार्थी भर्ना कार्यक्रम प्रभावित भएको छ ।

Photo-01

महासंघको नेतृत्वमा ०८१ चैत २० गतेदेखि काठमाडौंमा शिक्षकहरूले निरन्तर आन्दोलन गरिरहेका छन् । सरकार र शिक्षक महासंघबीच संवाद भएपनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

02

मन्त्रिपरिषद्को सिफारिसमा ०८२ वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ गते दिउँसो १ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् र शिक्षकको माग सम्बोधन गर्न संसद् अधिवेशन आह्वान भएको शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ३ गते जारी भिडियो सन्देशमा उल्लेख गर्नुभएको छ । शिक्षकसँग संवादमा छौँ। मन्त्रालयका तर्फबाट सहजीकरण समिति निर्माण गरेर संवादमा लागेका छौं  सन्देशमा भनिएको छ ।

Photo-04

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार शिक्षकका मागप्रति संवेदनशील रहेको बताउनु भयो । शिक्षकका जायज माग पूरा गर्नका लागि सरकारले राष्ट्रपति मार्फत तत्काल बजेट अधिवेशन वैशाख १२ गते आह्वान गरेको बताउनु भयो।

Photo-03

नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनमा देशैभरका शिक्षकहरुले हरेक दिन माइतीघर, बबरमहल र बानेश्वर क्षेत्रको सडकमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म धर्ना दिँदै आइरहेका छन् ।

 

अन्य

भिडियो