१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय एक युवकलाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्क्टर विकेक बस्नेतले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३ गते गरिएको छ ।
प्रहरीले आरोपितको परिचय गोप्य राखेको छ ।