१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेत्रावती डबजोङ गाउँपालिका-४ स्थित कुण्डलादेवी माविका शिक्षक ३४ वर्षीय शेरबहादुर बुढालाई प्रहरीले ०८२ वैशाख २ गते गिरफ्तार गरेको छ ।
एसइइ परीक्षामा सामेल पीडित बालिकालाई नेत्रावती डबजोङ गाउँपालिका-५ स्थित घरमा शिक्षकले ०८१ चैत ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको इन्स्पेक्टर प्रल्हाद सिलवालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २९ गते धादिङ अस्पतालम गरियो ।
उजुरीपछि फरार आरोपित शिक्षकलाई गिरफ्तार गरी जिल्ला अदालतको आदेशले हिरासतमा राखि अनुसन्धान भईरहेको इन्स्पेक्टर सिलवालले जानकारी दिनुभयो ।