१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका-२ का २४ वर्षीय दिलवर खानलाई वैशाख १ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले ०८१ चैत ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि मेचीनगर नगरपालिका-९ सङ्गम चोकबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पताल, भद्रपुरमा वैशाख २ गते गरिएको छ ।