INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा १२ वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धादिड गंगाजमुना गाउँपकािला–१ घर भएका ३१ वर्षीय बिमल भन्ने पूर्ण गैरेलाई जिल्ला अदालत चितवनका न्यायधीश पुष्पराज थपलियाको इजलासले चैत २८ गते १२ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र लाख १ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको चितवन अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताउनुभयो ।

बलात्कार भएको भनी पीडित पक्षले ०८१ भदौ ११ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ ११ गते भरतपुर अस्पतालमा गरिएको थियो । आरोपीत असोज ६ गते न्यायधीश दुर्गादेवी गुरुडको इजलास आदेशले पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

अन्य

भिडियो