देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।
देवानगञ्ज गाउँपालिका-७ का अन्दाजी २८ वर्षीय कामेश्वर यादवले ०८२ वैशाख १ गते साँझ चलाएको गोली प्रहारबाट मेहता घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी राजन अधिकारीले बताउनु भयो ।
गोली प्रहारबाट बायाँ कम्मरको भागमा चोट लागेका शिवकुमार मेहताको अवस्था गम्भीर रहेको र विराटनगर महानगरपालिका-४ स्थित नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
गोली प्रहार गरी फरार भएका कामेश्वर यादवको खोजी थालिएको प्रहरीले जनाएको छ ।
के कति कारणले गोली चलाएको र कुन हतियारबाट गोली प्रहार भएको खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।