INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीलाई सास्ती !

दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा ग्राहीहरूलाई सास्ती भएको छ । मल्लरानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुई महिना देखि कार्यालय नहुदाँ सेवाग्राहीहरूलाई सास्ती भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर सेजुवाल सरुवा भइ अन्यत्र गएको लामो समयसम्म पनि अन्य प्रमुख प्रशासकीय अधिकृत नआउँदा कार्यलयबाट हुने कामहरू प्रभावित भएका छन् । आफू योजनाको अध्यक्ष भएकोले योजनाको काम समयमै सम्झौता अनुसार सम्पन्न गरेको र प्रमुख प्रशासकीय अधिकृत नहुँदा रकम भुक्तानी नहुँदा योजनाको काम सम्पन्न गर्दा लगाइएका ज्यामीहरूलाई पारिश्रमिक दिन नपाएको मल्लरानी गाउँपालिका—३ का ४५ वर्षीय सुरेन्द्र परिवारले गुनासो गर्नुभयो ।

नगरपालिका निमितको भरमा सञ्चालन हुँदा योजनाका भुक्तानी पूर्ण रूपमा प्रभावित भएको र अन्य महत्त्वपूर्ण कामहरूमा समस्या भएको पालिकाले जनाएको छ । सरुवा भएर गएको दुई महिना बित्दासम्म पनि पालिकामा अन्य प्रमुख प्रशासकीय अधिकृत नआउँदा काम गर्न समस्या भएको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृणबहादुर खडकाले बताउनु भयो ।

झिमरुक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर थापाहरू नेपाल सरकारबाट सरुवा भइ अन्यत्रै गएको र सरकारले कर्मचारीहरू सरुवा गर्दा सँगसँगै आउनेको पनि व्यस्था गरी सरुवा गर्दा समस्या नहुने र योजना सम्पन्न गर्ने आर्थिक वर्षको मध्यमा यस खालको गतिविधि पालिकाहरूमा समयमै काम सम्पन्न गर्न समस्या भएको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर एम सीले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत लामो समय कार्यलयमा उपस्थित नहुँदा पालिकाको सम्पूर्ण आर्थिक प्रणाली समस्या हुने गरेको पालिकाहरूको भनाइ रहेको छ भने कामका लागि पालिकामा जाँदा प्रशासकीय अधिकृतका कारण आफूहरूले दुख पाएको नागरिकहरूको गुनासो रहेको छ । स्थानीय तहहरूमा कर्मचारीहरूलाई हुने अनावश्यक दबाब, राजनीतिक खिचातानी र सुगम केन्द्रित कर्मचारीको सरुवा कारण प्रमुख प्रशासकीय अधिकृत पालिकाहरूमा समय दिएर नबस्ने सरोकारवालाहरूको गुनासो रहेको छ ।

अन्य

भिडियो