जाजरकोटका अधिकांश सडक मर्मत नहुँदा गर्भवती, सुत्केरी, बालबालिकाले सास्ती पाउने गरेका छन् । शिबालय जनुीचाँदे, कुशे, बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका गाउँवस्ती सडक सञ्जालसँग जोड्न खनेका सडक स्थानीय सरकारले मर्मतमा वेवास्थाा गरेपछि बालबालिका, सुत्केरी गर्भवती महिलाले दुख पाउने गरेका हुन् ।
बालबालिकालाई सहज रूपमा विद्यालय जान, सुत्केरी गर्भवती महिला स्वास्थ्य संस्था पुग्नका लागी सात वर्ष अघि खनेका सडक मर्मत नहुँदा नागरिकलाई समस्या हुने गरेको छ । बारेकोट गाउँपालिका-३, मुल्साम बाहेकका गाउँबस्ती सडक सञ्जालमा जोडिए पनी मर्मत नगरि बेवास्था गरेका कारण सुत्केरी, गर्भवती महिला, दीर्घरोगी, सास्ती पाउने गरेका छन् ।
बारेकोट गाउँपालिका-५ की बिमला शाहीले गाउँबस्तीका नागरिकले स्वास्थ्य संस्थाबाट छिटो सेवा सुविधा पाउन भन्ने उद्देश्यले नागरिकलाई यातायातको पहुँच पुर्याउन खनियका सडक स्थानीय सरकारको लापरवाही र ढिला सुस्तीका कारण मर्मतमा वेवास्था गरेपछि जोखिम मोलेर यात्रा गरेका छन् । सदरमुकाम खलङ्गादेखि करिव २८ कोष टाढा रहेका बारेकोट गाउँपालिकादेखि सदरमुकाम आउन दुई दिनको पैदल हिँड्नु पर्ने बाध्यता छ ।
बारेकोट गाउँपालिका-१ की कालु कुमारी ज्योतिले ग्रामीण वस्ती यातायातको सहज पहुँच पुर्याउने स्थानीय उत्पादनलाई बजार लैजान, जटिल तथा सामान्य बिरामी, सुत्केरी, गर्भवती महिलाले समयमा स्वास्थ्य सस्थामा उपचार पाउन भन्ने लक्ष्य लिएर खनिएका सडक स्थानीय सरकारले मर्मत नगरेका कारण दुख पाउने गरेका छन् । स्थानीय तहले नागरिकले लाभ पाउने कार्यक्रमलाई प्राथमिकता नदिएपछि स्थानीयबासी मर्कामा परेका छन् ।
कुशे गाउँपालिका-८ की लक्ष्मी रोकायाले गाउँवस्ती सडक सञ्जालसँग जोडिएपछि सेवा प्रदायक संस्थाबाट समयमा सेवा पाउनेमा आशावादी भएका नागरिक बर्सौँदेखि स्थानीय सरकारले मर्मत नगरेपछि गाउँबस्तीम नागरिक बिरामी परेपछि स्ट्रेचर, डोकोमा बोकेर ल्याउनु पर्ने बाध्यता छ । सडक सञ्जालमा गाउँबस्ती जोडिएपछि खुसी भएका नागरिक पैदल हिँड्नु परेपछि दुखि भएका छन् । नागरिकलाई आवतजावतमा सहजता ल्याउन खनियका मर्मत नगरेका सडकमा यातायात व्यवसायीहरूले हचुवाको भरमा महङ्गो भाडा असुल्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले रुट प्रमिट नदिएका जीर्ण ग्रामीण सडकमा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन् । स्थानीय सरकार, यातायात व्यवसायीको मनपरिका कारण नागरिक सस्यामा परेका छन् । सडक मर्मत नगरेपछि यातायात व्यवासयीले मनपरि गर्दा जनताले दुख पाउने गरेका छन् ।