अपाङ्गता हुनुभएकी ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौमूले गाउँपालिका–५, नौमूलेका ६२ वर्षीय रणबहादुर विकलाई प्रहरीले ०८१ चैत २७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २६ गते दैलेख अस्पतालमा भयो ।