INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमै पहिचान नहुँदा क्षयरोगका कारण ज्यान गुमाउदै जिल्लाबासी !

नेपाल सरकारले सन २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष राखेको भएपनि जिल्लामा गत आर्थिक वर्षमा मात्रै ११ जनाले क्षयरोगका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय, बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८० / ०८१ मा मात्रै ११ जनाको क्षयरोगका कारण मृत्य भएको छ भने चालु आर्थिक वर्षमा दुई जनाको मृत्यु भएको छ । जिल्लामा अहिले १ सय २ जना क्षयरोगका बिरामीहरुले नियमित औषधी सेवन गरिरहेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख तिर्थराज भट्टले बताउनु भयो ।

जिल्लामा यो वर्ष चार जना थप क्षयरोगी पत्ता लागेसँगै बिरामीको सङ्ख्या १ सय २ पुगेको छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको भट्टले बताउनु भयो । समुदायमा क्षयरोग लागेपछि उपचारमा नआउँदा उहाँहरुको ज्यान जाने गरेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख भट्टको भनाइ छ ।

क्षयरोगको पहिचान नभई उपचारको दायरामा आउन नसक्दा व्यक्तिहरुले अकालमै जन गुमाउने गरको पाइएको छ । यस पटक ‘खोकी न सोकी क्षयरोग पो हो कि ?’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँगाउँ पुगरे चेकजाँच गरिरहनुभएको छ । सामुदायमा क्षयरोगका बिरामी भए पनि आफैँ उपचारमा नआउँदा क्षयरोगी पत्ता लगाउन टोली परिचालन गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनु भयो ।

स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिम प्रदेशका १९ स्थानीय तहहरुमा अहिले एआई एक्सरे मेसिन मार्फत क्षयरोगका बिरामीहरुको खोजपड्ताल अभियान सञ्चालन गरेको छ । जस अन्तर्गत बैतडी जिल्लाका दुई स्थानीय तह सुर्नया गाउँपालिका र पुचौँडी नगरपालिकामा अभियान सञ्चालन गरिएको छ ।

लगातार दुई हप्तासम्म खोकी लाग्नु, छाती दुःखेर श्वास फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षणदेखिएमा क्षयरोग हुन सक्छ भन्ने मान्यता रहेको छ । पछिल्लो समय खोकी न सोकी क्षयरोग पो हो कि ? भन्ने मान्यता अनुसार क्षयरोग पत्ता लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय, बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनु भयो ।

जिल्ला कारागार, बैतडीमा रहेका कैदीबन्दीहरुको पनी क्षयरोग परीक्षण गर्ने गरिएको र क्षयरोग बिरामी कैदीबन्दीहरुको उपचार गरिन गरिएको सूचना अधिकारी लेखकले जानकारी दिनुभयो ।

अन्य

भिडियो