INSEC Online

📅 २०८३ जेष्ठ २१

बीस ओटा मतदानस्थल अति सम्वेदनशील

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि तोकिएका १ सय ३८ मतदानस्थलमध्ये बीस ओटा मतदानस्थल अति सम्वेदनशील रहेका जिल्ला सुरक्षा समिति सुर्खेतले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि र खुल्ला सिमानाका कारण १ सय ३८ मतदानस्थलमध्ये ८५ ओटा सम्वेदनशील र ३३ ओटा मतदानस्थल सामान्य रहेका छन् ।

अति सम्वेदनशील तथा सम्वेदनशील रहेका मतदानस्थल वरपर नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाइएको तथा सामान्य अवस्थामा रहेका मतदानस्थलहरूमा आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले बताए । सुर्खेत जिल्लामा १ सय ३८ मतदान स्थलमा २ सय ६३ ओटा मतदान केन्द्रहरू रहेका छन् ।

अन्य

भिडियो