INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ का ४० वर्षीय गणेश राईलाई चैत २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकलाई आरोपितले ०८१ फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जु कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २१ गते गरिएको छ ।

अन्य

भिडियो