INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आराेपित गिरफ्तार

पाँचखाल नपा–१३ कोशिदेखाकी ३५ वर्षीया दलित महिला सदस्य विमला विश्वकर्मालाई जातीय विभेद गरेकाे भन्दै स्थानीय स्वास्थ्य स्वयमसेविका साेही ठाउँकी ४२ वर्षीया यमुनादेवी नराललाई ०८१ चैत २३ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनुभयो ।

आराेपितले २०८१ चैत्त २१ गते बिहान नेपाली काँग्रेसको पार्टी कार्यालयमा बैठक बसिरहेको अवस्थामा घरमा  ‘तँ कमिनी मेरो घरमा कसरी छिरिस, यो कमिनीले गर्दा मलाई देउताले दुःख दियो’ भनी अपशव्द बोली घोक्र्याएर घरबाहिर निकालेको भनी पीडितले चैत्त २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

जातीय आधारमा छुवाछुत तथा भेदभावपूर्ण व्यवहार गर्न नहुने कसुरको दफा १६६ अन्तर्गत कारबाहीका लागि पीडितले उजुरी दिन जाँदा दलित अधिकारकर्मीहरूको समेत उपस्थिती रहेको थियो । पीडीत गएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित दलित सदस्य हुनुहुन्छ ।

अन्य

भिडियो