
सिडिओ मार्फत गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगलाई ०८१ चैत १७ गते ज्ञापन-पत्र ।
इन्सेक सिरहा, मुक्ति नेपाल, प्रदेश युवा सञ्जाल, दलित जनकल्याण युवा क्ल्व, गैर सरकारी संस्था महासंघ सिरहा र सिएमसि नेपालले संयुक्त रुपमा महिला आयोगकी सदस्य बिधा सिन्हा र सिडिओ विश्वप्रकाश अर्याललाई ज्ञापन-पत्र बुझाएको हो ।
इन्सेकलगायतका संस्थाहरूले ज्ञापन-पत्रमा गोलबजार नगरपालिका-९ की १३ वर्षीया गुलशन खातुनको शङ्कास्पद हत्या प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषीहरूलाई पत्ता लगाई कानुन बमोजिमको कारवाहीको माग गरेको छ । ०८१ फागुन २९ गते बिहान ९ बजे देखि हराएकी बालिकाको खोजिको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते निवेदन दिए तापनि प्रहरीले तदारुक्ता नदेखाएको कारण ०८१ चैत १२ गते जमिन मुनी बोरामा बेरिएको अवस्थामा शव भेटिनु भनेको प्रहरीको उदासिनता रहेको ठहर गरेको ज्ञापन-पत्रमा उल्लेख गरिएको छ । यस लगायत हाल जिल्लामा बलात्कार, हत्या जस्ता घटनाहरू बढ्नुले पनि प्रहरी प्रशासनको भूमिकामा गम्भीर प्रश्न उठेकोले यसलाई सुधार गरी अविल्मब आरोपितहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउन, घटनाको निश्पक्ष छानविन गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ती दिन ज्ञापन-पत्र मार्फत माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले ज्ञापन-पत्र तुरुन्त पठाउने र घटना बारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने बताउनु भयो ।