INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका अरोपितहरूलाई गिरफ्तार गर्न पीडित परीवारको माग

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिका १५ वर्षीय बालक अंशु यादवको हत्या घटनाका आरोपितहरूलाई गिरफ्तार गर्न माग गर्दै पीडित परीवार र स्थानीहरू ०८१ चैत १७ गते आन्दोलन गरेका छन् ।

चैत २ गते होली पर्वको दिन टिसर्टको विषयमा विवाद हुँदा बालक अंशु यादवलाई जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिका २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्ष र स्थानीयहरू आन्दोलित भएका हुन् ।

आरोपित महतोलाई चैत १७ गते प्रहरीले गिरफ्तार गरेको भए तापनि उनलाई सहयोग गर्ने सोही ठाउँका २३ वर्षीय राकेश महतो, ४० वर्षीय रामदहीन महतो, ५५ वर्षीय लक्षण महतो, २८ वर्षीय प्रमोद महतो, ४५ वर्षीय अशोक महतो र ६१ वर्षीय बौएलाल महतोलाई गिरफ्तार नगरेकोले आन्दोलन गर्नु परेको पीडित पक्षको भनाइ रहेको छ ।

आरोपितहरूविरुद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको मृतकका काका बब्लु यादवले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बरुणबहादुर सिंहले मुख्य आरोपितलाई गिरफ्तार गरिसकेको र अन्य आरोपितहरूको खोजी कार्य भइरहेको जानकारी दिनु भयो ।

शवको पोष्टमार्टम चैत २ गते प्रादेशिक अस्पताल जनकपुरधामम भयो ।

अन्य

भिडियो