INSEC Online

📅 २०८३ जेष्ठ २१

६ महिनादेखि शिक्षकले तलाव नपाएको गुनासो !

जिल्लाको खाँडाचक्र नगरपालिका मातहतमा रहेका सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारिहरूले ६ महिनादेखि तलाव भत्ता नपाएको गुनासो गरेका छन् ।

चालु आ.व.को असोज महिनादेखिको तलाव भत्ता नपाएको भन्दै शिक्षकहरूले चैत १९ गते खाँडाचक्र नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख कमलबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएका छन् ।

शिक्षकहरूले बुझाएको ज्ञापन पत्रमा देशभरिका नगरपालिका भित्रका सम्पूर्ण विद्यालय शिक्षक, विद्यालय कर्मचारी, शिक्षकहरूको तलव भत्ता सरकारले मासिक रूपमा उपलब्ध गराउने व्यवस्था गरेको भएता पनि यस नगरपालिकाले विगत ६ महिना देखि तलव भत्ता निकाशा नगर्नु खेदजनक भएको बताइएको छ । यस्तै खाँडाचक्र नगरपालिका भित्रका शिक्षकहरूको पिरमर्का नबुझि नगर सरकारको लापर्वाहीका कारण लामो समयसम्म पनि निकाशा नदिनु र पहल नगर्नु खाँडाचक्र नगरपालिकाको ठूलो कमजोरी भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रमुख प्रसाशकीय अधिकृत र लेखा शाखाका कर्मचारी नभएका कारण शिक्षकले तलाव पाउनमा ढिलाइ भएको नगर प्रमुख कमलबहादुर शाहीले बताउनु भयो । उहाँले सबै प्रक्रिया पुर्‍याएर सबैको तलव उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ६ महिना बितिसक्दा पनि तलाव नपाउँदा समस्या भएको र तत्काल खातामा तलाव नाआए थप आन्दोलन गर्ने चुलिमालिका माविका शिक्षक डिल्ली प्रसाद चौलागाँइले जानकारी दिनुभयो ।

अन्य

भिडियो