INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता युवतीको गाडिएको अवस्थामा शव फेला

फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया युवती विमला कट्टेलको हराएको १५ दिनपछि गाडिएको अवस्थामा शव फेला परेको छ ।

हराएको १५ दिनपछि ०८१ चैत १४ गते युवतीको गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनु भयो ।

फाकफोकथुम गाउँपालिकाको दुईधार्ने खोप दाहालगोलाई भनिने ठाँउमा विमलाको शव फेला परेको डिएसपी राईले बताउनु भयो । प्रहरीले कानुनी प्रक्रियाको पुरा गरी शव गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने भएको छ ।

इलामको देउमाई नगरपालिका जीतपुर माइत घर भएकी विमला ०८१  चैत १ गते देखि बेपत्ता हुनु भएको थियो । विमलाका ससुरा कृष्णलाल गिरीले ०८१ चैत ४ गते प्रहरीमा बुहारी हराएको उजुरी दिएको प्रहरीले जनाएको छ ।

विमलाका २५ वर्षीय पति उमेश गिरीले पत्नीको हत्या गराएको हुन सक्ने आशङ्का गरिएको छ । पति उमेश गिरीलाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा चैत १५ गते गर्ने तयारी प्रहरीले गरेको छ ।

अन्य

भिडियो