INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका-१३ मुर्लि टोलका ५२ वर्षीय शेख महमद अन्वरलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई ०८१ माघ ४ गते नशालु पदार्थ खुवाइ अचेत अवस्थामा बलात्कार गरी गर्भवती बनाएको पीडित पक्षको आरोप रहेको छ ।

आरोपितविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सामा चैत १२ गते उजुरी दिनुभयो । उक्त उजुरीको आधारमा आरोपितलाई चैत १२ गते गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १२ गते नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा भयो ।

अन्य

भिडियो