सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बैजनाथ गाउँपालिका–४, जीगाउँका ३५ वर्षीय प्रेम बहादुर रावतलाई जन्मकैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको चैत ११ गतेको इजलासले रावतलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय, ७ लाख रुपियाँ जरिबाना र थप १ हजार रुपियाँ पीडित राहत कोषमा बालिकाले पाउने गरी भराउने फैसला गरेको अदालतका स्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
बालिकालाई रावतले ०८० माघ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ ३ गते भेरी अस्पताल, नेपालगञ्जमा भएको थियो । रावतलाई प्रहरीले माघ ४ गते गिरफ्तार गरेको थियो ।